कोभिड संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना – Nepal Press

कोभिड संक्रमणपछि लता मंगेशकर अस्पताल भर्ना

दिल्ली । कोरोनाभाइरस संक्रमण भएपछि बरिष्ठ भारतीय गायिका लंता मंगेशकारलाई अस्पताल भर्ना गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार कोभिड पुष्टि भएपछि उनलाई मंगलबार बिहान मुम्बईस्थित ब्रिच क्यान्डि अस्पतालमा भर्ना गरिएको हो ।

९२ वर्षिया गायिकालाई कोभिड निमोनिया भएको जनाइएको छ । अहिले आइसीयूमा राखिएकी गायिकाको उपचारमा चिकित्सक प्रतीत सामदानी र उनको टोली खटिएको छ ।

श्वासप्रश्वासमा कठिन भएपछि सन् २०१९ नोभेम्बर ११ मा पनि मंगेशकारलाई सोही अस्पतालमा भर्ना गरिएको थियो । छातीमा संक्रमण देखिएपछि गायिका मंगेशकरलाई अस्पताल लगिएको हो ।

सवाना आजमी र हेमा मालिनीसहितका बलिउड सेलेव्रिटी अस्पताल पुगेर गायिकाको स्वास्थ्यलाभको कामना गरेका छन् । सन् २००१ मा मंगेशकरलाई भारत रत्नबाट सम्मान गरिएको थियो । उनले ३६ वटा भारतीय भाषामा गीत रेकर्ड गराएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर