चीनमा आजदेखि लकडाउन, बेलायतमा थप प्रतिबन्धको तयारी – Nepal Press

चीनमा आजदेखि लकडाउन, बेलायतमा थप प्रतिबन्धको तयारी

बेइजिङ । ओमिक्रोन भेरिएन्ट संक्रमण तीव्ररुपमा फैलिएपछि चीनको मध्यसहर आन्याङमा आजदेखि लकडाउन लागू भएको छ । अलजजिराका अनुसार उक्त सहरका पाँचलाखभन्दा बढी बासिन्दालाई घरमै बस्न सरकारले निर्देशन दिएको छ ।

डिसेम्बरको अन्त्यमा १३ मिलियन जनसंख्या भएको जिआन सहर पनि लकडाउनमा प्रवेश गरेको थियो । बेलायतमा समेत ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री बोरिस जोन्सन लकडाउनजस्ता कडा प्रतिबन्धहरु लगाउनुपर्ने दबाबमा छन् ।

ओमिक्रोन भेरिएन्टका बिरामी बढेपछि अष्ट्रेलियाली अस्पतालहरु पनि दबाबमा छन् । मंगलबार अष्ट्रेलियामा ८६ हजार कोरोना संक्रमित थपिएका छन् ।

हङकङले जनवरी १४ देखि फेब्रुअरीसम्म १५ सम्म कोरोना संक्रमित तीव्ररुपमा फैलिएका देशहरुबाट हुने ट्रान्जिट आवागमनलाई रोक लगाउने घोषणा गरेको छ ।

अमेरिकाले ओमिक्रोनविरुद्ध एन९५ र केएन९५ मास्कको प्रयोगमा जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर