प्रधानमन्त्री कप क्रिकेटः कर्णाली प्रदेशको पहिलो जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली प्रदेशको पहिलो जित

काठमाडौं । प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मंगलबार मुलपानीमा भएको पहिलो खेलमा १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १७.५ ओभरमा ८९ रनमा अल आउट भएपछि कर्णालीले दोस्रो खेलमा पहिलो जित पाएको हो । यस अघि पहिलो दिन कर्णाली आर्मीसँग पराजित भएको थियो ।

कर्णालीविरुद्ध प्रदेश एकका लागि फिरदोस अन्सारीले सर्वाधिक २३ रन बनाए । यस्तै दिपेश कडेल र सर्वण यादवले समान १४ रन बनाउँदा कप्तान सिद्धान्त लोहनीले १४ रनको योगदान गरे ।

प्रदेश एकलाई सस्तैमा समेट्न कर्णालीका अनुज चुनराले सर्वाधिक ४ विकेट लिए । यस्तै दिवान पुनले २ विकेट लिँदा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुवँरले समान १ विकेट लिए ।

यस अघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।

कर्णालीका लागि कप्तान तथा ओपनर ब्याटर रविन्द्र शाहीले सर्वाधिक ३६ रन बनाए । यस्तै प्रकाश जौशीले २५ रन बनाउँदा राज शाहले १५ र विपिन रावलले ११ रनको योगदान दिए ।

यता, प्रदेश  १ का मुकुन्द यादवले ३ विकेट लिँदा फिरदोश अन्सारीले २ थता कमल खत्री र सिद्धान्त लोहनीले समान १ विकेट लिए ।

जितसँगै समूह ए बाट कर्णालीले २ खेलबाट २ अंक जोडेको छ । कर्णाली तेस्रो स्थानमा छ । दुई खेलबाट दुई जित सहित ४ अंक बनाएको पुलिस पहिलो स्थानमा छ भने आर्मी दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *