एमाले सिरहा अध्यक्षमा मण्डल सर्वसम्मत – Nepal Press

एमाले सिरहा अध्यक्षमा मण्डल सर्वसम्मत

जनकपुरधाम । नेकपा एमाले सिरहाले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । अध्यक्षलगायत सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

लहानमा भएको जिल्ला अधिवेशनबाट चन्देश्वर मण्डललाई पुनः अध्यक्ष चयन गरिएको हो ।

उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा उग्रनारायण यादव, सहसचिवमा दुईजना श्याम श्रेष्ठ र शिवशंकर महतो चयन भएका छन् । उपाध्यक्षमा चयन भएका डा. यादव पूर्वसांसद स्व. हेमनारायण यावदका छोरा र सहसचिव श्रेष्ठ पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाई हुन् ।

मण्डलको अध्यक्षतामा बनेको १३५ सदस्यीय जिल्ला कमिटीमा दिनेश यादव, हरिदेव यादव, रामसौगारथ यादव, धिरेन्द्र प्रसाद यादव मोरवैता, शिवशंकर झालगायतका सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर