दैलेख एमालेमा उपाध्यक्षबाहेक पदाधिकारी चयनका लागि निर्वाचन हुने – Nepal Press

दैलेख एमालेमा उपाध्यक्षबाहेक पदाधिकारी चयनका लागि निर्वाचन हुने

यी हुन् अध्यक्षका दावेदार

सुर्खेत । नेकपा एमालेको जिल्ला कमिटी चयनका लागि उपाध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुने भएको छ । उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् ।

एमाले निर्वाचन आयोग दैलेखले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार भूगोलतर्फ जिल्ला कमिटी सदस्य पदमा पनि चुनाव नहुने निश्चित भएको छ ।

गुराँस गाउँपालिकावाट लिला बिसी र शिवा खड्का (महिला), दलसिंह बुढा, कुलबिर विक, बलराम खत्री (अन्य सदस्य), डुङ्गेश्वर गाउँपालिकावाट पवित्रा न्यौपाने, विष्णुदेवी जैसी (महिला), राजु केसी, रुद्रबहादुर विष्ट र सुन्दरकुमार केसी (अन्य सदस्य) निर्विरोध भएका छन् ।

भगवतीमाई गाउँपालिकावाट खगिसरा बुढा, चन्द्रा रेग्मी (महिला), शान्तिप्रसाद शर्मा, खड्गबहादुर शाही र शैलेन्द्रबहादुर थापा (अन्य सदस्य), नौमूले गाउँपालिकावाट गिता चन्द, मनकुमारी सिंह थापा (महिला), यामप्रसाद शर्मा, नामाखर शर्मा र सन्तबहादुर चन्द (अन्य सदस्य) निर्विरोध भएको निर्वाचन कमिटिले जनाएको छ ।

महाबु गाउँपालिकावाट दुर्गाकुमारी सिंह र भुवनसरा बडुवाल (महिला), आठबीस नगरपालिकावाट कल्पना थापा र राधीका शाही (महिला) र दुल्लु नगरपालिकावाट रेनुका भट्टराई र निर्मला रिमाल पोखरेल (महिला) सदस्यमा निर्विरोध भएका छन् ।

दलिततर्फ प्रत्येक पालिकाबाट एक जना जिल्ला कमिटी सदस्यमा पनि निर्विरोध भएका छन् । ठाँटीकाँध गाउँपालिकावाट पदमबहादुर विक, डुङ्गेश्वर गाउँपालिकावाट सुरेन्द्रबहादुर कामी, आठबीस नगरपालिकावाट पर्वसिंह विश्वकर्मा, महाबु गाउँपालिकावाट धनबहादुर सुनार, भैरबी गाउँपालिकावाट कविराम सुनार, भगवतीमाई गाउँपालिकावाट डम्बर तिरुवा, नारायण नगरपालिकावाट लोकबहादुर नेपाली, नौमूले गाउँपालिकावाट प्रेम बिक र गुराँस गाउँपालिकावाट कणर्बहादुर विक तथा चामुण्डाविन्द्रासैनी नगरपालिकावाट तिलक रोकाय (सार्की) निर्विरोध भएको निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिए ।

अध्यक्षमा दुई दावेदार

उपाध्यक्षबाहेक अध्यक्षसहित सबै पदाधिकारी तथा खुला सदस्य पदमा भने निर्वाचन हुन लागेको छ । नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

शर्मा एमाले दैलेखको वर्तमान पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य समेत हुन् । जिल्ला विकास समितिका पूर्व उपसभापति समेत रहेका शाही केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति दैलेखका अध्यक्ष थिए ।

एमाले दैलेखको सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुवै जना दुल्लु क्षेत्रका हुन् ।

उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।

उपसचिव महिला तर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शाहले जानकारी दिए । अहिले मतदानको तयारी भइरहेको एमाले दैलेखले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *