एमाले कैलालीको अध्यक्षमा थापा विजयी, चन्द ४ मतले पराजित – Nepal Press

एमाले कैलालीको अध्यक्षमा थापा विजयी, चन्द ४ मतले पराजित

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए।

यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए।

सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।

चौधरीले २९० मत ल्याउँदा शाहीले १९६ मत ल्याए । ६०९ प्रतिनिधि मध्ये हिजो भएको मतदानमा ५८९ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर