पूर्वराजाको सन्देश : गलत तन्त्रको अभ्यासमा समय बर्बाद नगरौं ! – Nepal Press

पूर्वराजाको सन्देश : गलत तन्त्रको अभ्यासमा समय बर्बाद नगरौं !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै गणतान्त्रिक शासन व्यवस्थाप्रति घुमाउरो असन्तोष प्रकट गरेका छन् ।

जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने तन्त्रको नाम जेसुकै राखे पनि त्यो निरर्थक हुने उनको भनाइ छ ।

सन्देशमा पूर्वराजाले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुनेछ ।’

प्रणाली केवल साधन मात्र भएको र साधन परिवर्तनलाई नै महान उपलब्धीका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको भन्दै पूर्वराजाले असन्तोष व्यक्त गरेका छन् ।

‘सबैभन्दा उन्नत दावि गरिएको तन्त्रमा जनताले सास्ति र राष्ट्रले अस्तित्व्प्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निश्कर्षमा पुग्न बिलम्ब गर्नु हुँदैन,’ उनले सन्देशमा भनेका छन् ।


प्रतिक्रिया

One thought on “पूर्वराजाको सन्देश : गलत तन्त्रको अभ्यासमा समय बर्बाद नगरौं !

  1. ज्ञानेन्द्र शाहले गणतन्त्रलाई गलततन्त्र भन्दै नेपालमा वंशतन्त्र फर्काउन सक्छु भन्ने सोचेका छन् भने त्यो उनको राजनीतिक बचपना हो किनभने अब नेपालमा वंशतन्त्र फर्काउनु पर्ने कुनै अनुहार र आधार छैन्। बरू लोकतान्त्रिक गणतन्त्रका कमजोरीहरूलाई सुधार्दै यसैलाई परिस्कृत गरेर अघि बढाइनेछ।

Leave a Reply to पुष्कर कडेल Cancel reply

Your email address will not be published. Required fields are marked *