वर्षा र आसिफलाई लिएर सिरिज ‘किन मायामा’ बन्ने : असिम शाह निर्देशन गर्दै – Nepal Press

वर्षा र आसिफलाई लिएर सिरिज ‘किन मायामा’ बन्ने : असिम शाह निर्देशन गर्दै

काठमाडौं । जी-ट्वान्टी वान डिजिटल र कान्तिपुर टेलिभिजनले सामाजिक र परिवारिक कथावस्तुमा निर्माण हुने टिभी सिरिज ‘किन मायामा’मा सहकार्य गर्ने भएका छन् ।

असिम शाहले निर्देशन गर्ने सिरिजको मुख्य भूमिकामा आसिफ शाह र वर्षा राउत अनुबन्धित भएका छन् । अन्य कलाकारहरु चाँडै तय गरिने जानकारी निर्देशक शाहले नेपालप्रेसलाई दिए ।

१३ एपिसोडमा बन्ने सिरिजको छायांकन कोरोनाभाइरस महमारीको अवस्थामा सुधार भएपछि सुरु हुने भएको छ । कान्तिपुर टिभीबाट प्रसारण हुने र जी-ट्वान्टी वानको डिजिटल प्लेटफर्मबाट सिरिज स्ट्रिमिङ हुनेछ ।

‘मान्छेहरु अहिले रियालिटी सोको पछाडि दौडिरहेका छन्’ नेपाल प्रेससँग निर्देशन शाहले भने, ‘हामीकहाँ सोसल र फेमिली ड्रामा हेर्न भारतीय टेलिभिजनमा निर्भर हुनुपर्ने बाध्यता छ । नेपाली टिभी दर्शकमा सोसल ड्रामा हेर्ने बानी बसाल्न पनि सिरिज बनाउने निर्णय गरेका हौं ।’

सोसल ड्रामा सिरिजको रुपमा प्रयोग गर्न खोजिएको जानकारी निर्देशक शाहले दिए । अहिले प्रि-प्रोडक्सनमा चरणमा काम भैरहेको छ र लकडाउन भैहाले पनि सानो समूहमा छायांकन गर्ने तयारी रहेको असिमले बताए ।

सिरिज ‘किन मायामा’ले पति पत्नीबीचको सम्बन्धमा आउने उतारचढाव र चिसोपनको कथा भन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *