एमालेका ४१ जिल्ला अध्यक्ष निर्वाचित हुँदा १० बुँदे समूहका दुईजना – Nepal Press

एमालेका ४१ जिल्ला अध्यक्ष निर्वाचित हुँदा १० बुँदे समूहका दुईजना

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले चुनाव गराउन किन चाहेनन् ? आफू जित्ने निश्चित भए पनि उनले चुनाव नचाहनुको कारण थियो- नेकपा एकताको निरन्तरतामा रहेका पूर्वमाओवादी र १० बुँदे सहमतिबाट एमालेमा क्रियाशील रहेका तत्कालीन माधव नेपाल समूहका नेताहरूलाई पनि समेटेर लैजाने ।

गुटगत चुनाव हुँदा अर्को पक्ष पराजित हुने भएकाले उनले सकेसम्म सबैलाई समेट्न खोज्दा पनि केही पदमा चुनाव भयो । ओलीले प्रस्ताव गरेका नामहरू सबै निर्वाचित भए । जसले गर्दा एमालेका तीनवटै मनोविज्ञानको प्रतिनिधित्व केन्द्रीय नेतृत्वमा भयो ।

जिल्ला अधिवेशनहरूमा पनि प्यानल नबनाउन माथिबाटै निर्देशन दिइयो । जहाँ निर्वाचन भएको छ ती जिल्लाहरूमा गुटगतभन्दा पनि विगतमा ओलीलाई साथ दिएकै नेताहरूबीच प्रतिस्पर्धा भएको छ । बरु पूर्वमाओवादी र १० बुँदे पक्षधरलाई अध्यक्षका उम्मेदवारहरूले आ-आफ्नो टिममा समेट्न खोजेको देखिन्छ ।

यति हुँदा पनि जिल्ला नेतृत्वमा भने साबिक संस्थापन पक्षकै नेताहरू निर्वाचित भइरहेका छन् । एक वर्षअघि तत्कालीन नेकपा विभाजनपछि केपी ओलीलाई साथ दिएका नेताहरू नेतृत्वमा आइरहेका छन् । साबिक जिल्ला कमिटीका अध्यक्ष र सचिव प्रचण्ड-माधव पक्षमा लागेपछि अन्तरिमकालका लागि नेतृत्व पाएका युवा नेताहरू अहिले एमालेको जिल्ला अध्यक्ष बनेका छन् ।

भोजपुरका शरणकुमार राई सर्वसम्मतिले अध्यक्ष भएका छन् । उनी केही समय माधव नेपाल पक्षबाट समानान्तर कमिटीको अध्यक्ष थिए । जिल्लामा सन्तुलन मिलाउन र पार्टी बलियो बनाउन शेरधन राईलगायतका नेताहरूले लामो कसरतपछि शरणलाई अध्यक्ष बनाए । चुनावी प्रक्रियाबाट बागलुङका हिराबहादुर केसी अध्यक्ष निर्वाचित भएका छन् । उनी पनि १० बुँदे पक्षधर हुन् ।

उदाहरणका लागि रामेछापका अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्तिप्रसाद पौडेल प्रचण्ड-माधव पक्षमा लागेपछि आनन्दकुमार श्रेष्ठ अध्यक्ष र पुरुषोत्तम कडरिया सचिव बनेर केपी ओलीपक्षीय नेकपाको नेतृत्व गरेका थिए । १० बुँदेपछि पौडेल अध्यक्ष बनेपछि आनन्द सचिवमा झरेका थिए ।

तर, जिल्ला अधिवेशनबाट आनन्द र पुरुषोत्तम नै अध्यक्ष तथा सचिव निर्वाचित भएका छन् ।

हालसम्म ४१ जिल्लाका अध्यक्ष सर्वसम्मति र निर्वाचन प्रक्रियाबाट चयन हुँदा १० बुँदे सहमतिबाट एमालेमा क्रियाशील भएका दुईजनामात्र अध्यक्ष बनेका छन् । भोजपुरका शरणकुमार राई सर्वसम्मतिले अध्यक्ष भएका छन् । उनी केही समय माधव नेपाल पक्षबाट समानान्तर कमिटीको अध्यक्ष थिए ।

जिल्लामा सन्तुलन मिलाउन र पार्टी बलियो बनाउन शेरधन राईलगायतका नेताहरूले लामो कसरतपछि शरणलाई अध्यक्ष बनाए । चुनावी प्रक्रियाबाट बागलुङका हिराबहादुर केसी अध्यक्ष निर्वाचित भएका छन् । उनी पनि १० बुँदे पक्षधर हुन् । उनले विगतको संस्थापन पक्षका नेता कृष्ण पाठकलाई करिब एक सय मतले पराजित गरेका हुन् ।

चुनाव भएका ठाउँमा पनि १० बुँदे पक्षधर र अर्को पक्ष भनेर कतै पनि प्रतिस्पर्धा भएको छैन । यतिसम्मकी भीम रावलनिकट नेता झपट रावलको गृहजिल्ला कैलालीमा दुई उम्मेदवार प्रतिस्पर्धामा छन् । रतन थापा र रणबहादुर चन्द प्रतिस्पर्धामा हुँदा रावल पक्षले आफ्नो उम्मेदवार उठाएन । थापा र चन्द दुबैजना विगतका संस्थापन पक्षकै हुन् ।

अध्यक्षबाहेक अन्य पदमा भने १० बुँदे समूहका धेरै नेता कार्यकर्ताहरू समेटिएका छन् । तर, गुटगत आधारमा भन्दा पनि जिल्लाको समीकरणका आधारमा उनीहरू कमिटीमा निर्वाचित भएका एक केन्द्रीय सदस्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर