सन्दीप विकेटविहिन, हुरिकेन्सको छैटौँ हार – Nepal Press

सन्दीप विकेटविहिन, हुरिकेन्सको छैटौँ हार

काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा नेपालका सन्दीप लामिछाने आवद्ध रहेको होबर्ट हुरिकेन्सले सिड्नी थन्डरसँग ९ विकेटको हार व्यहोरेको छ।

मेलबर्नमा भएको खेलमा पहिला ब्याटिङ गरेको हुरिकेन्सले कमजोर प्रदर्शन गरेको थियो । हुरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन जोड्यो । हुरिकेन्सका बेन म्याकडरमटले सर्वाधिक ३८ रन जोडे ।

थन्डरले १७.२ ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । विजयी टोलीका एलेक्स हेल्सले अविजिति ८० रन बनाए । कप्तान जेसन साघाले पनि ३५ रन जोड्दै अविजित रहे । यी दुई ब्याट्सम्यानबीच दोस्रो विकेटका लागि एक सय ६ रनको साझेदारी भएको थियो ।

सन्दीप यो खेलमा विकेटविहिन रहे । उनले ३‍.२ ओभरमा २१ रन दिएका थिए । सन्दीपले यो सिजन ११ खेल खेल्दै १० विकेट लिएका छन् ।

प्रतियोगितामा ११ खेल खेल्नेक्रममा हुरिकेन्सले छैटौँ हार ब्यहोरेको हो । २१ अंकसहित हुरिकेन्स तालिकाको चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको पर्थ स्कर्चर्सको ११ खेलबाट ३३ अंक छ ।

थन्डरको ११ खेलबाट ३० अंक छ भने १० खेल खेलेको सिड्नी सिक्सर्सको २३ अंक रहेको छ । पाचौँ स्थानमा रहेको ब्रिसबेन हिटको ११ खेलबाट १५ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *