पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा सिंहदरबार पुग्ने – Nepal Press

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा सिंहदरबार पुग्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीजयन्तीका अवसरमा भोलि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

पहिलोपटक सिंहदरबारको मुल गेटअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा ज्ञानेन्द्रले माल्यार्पण गर्न लागेका हुन् ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार भोलि मध्यान्ह साढे १२ बजे पूर्वराजा सिंहदरबारअगाडि पुग्ने कार्यक्रम छ ।
भोलि पृथ्वीनारायाण शाहको ३००औं जन्मजयन्ती मनाइँदै छ । सरकारले पृथ्वीजयन्तीमा अहिलेसम्म सार्वजनिक बिदाको घोषणा गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *