नेतृ सूचीलाई थप चारबर्ष जेल सजाय – Nepal Press

नेतृ सूचीलाई थप चारबर्ष जेल सजाय

यांगुन । म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई थप चारवर्ष जेल सजाय सुनाइएको छ । त्यहाँको सैनिक अदालतले आज गरेको सुनुवाइमा गैरकानूनीरुपमा वाकिटकी प्रयोग गरेको र कोभिड–१९ प्रोटोकल तोडेको आरोपमा जेल सजाय सुनाएको हो ।

उनीमाथि लगाइएका दर्जनौं आरोपहरुमध्ये यी दुई आरोप हुन् । सबै आरोपमा उनी दोषी पाइए नेतृ सूची सयवर्ष जेल बस्नुपर्ने हुन्छ ।

७६ वर्षिया नेतृ सूची नेतृत्वको जननिर्वाचित सरकारलाई सेनाले गतवर्षको फेब्रुअरीमा सत्ताच्युत गर्दै हिरासतमा राखेको थियो । तर, सरकारका आलोचकले सूचीविरुद्धका सबै आरोपहरु राजनीतिकरुपले प्रेरित रहेको बताएका छन् ।

आफूमाथिका आरोपहरुको सूचीले अस्वीकार पनि गरेकी छिन् ।

गतमहिना कोभिड प्रोटोकल उल्लंघनको आरोपमा उनीविरुद्ध चारवर्षको सजाय सुनाइएको थियो । तर, सेना प्रमुखले माफी दिँदै उनको सजायलाई आधा कटौती गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर