जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली आज संखुवासभा जाँदै – Nepal Press

जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली आज संखुवासभा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदैछन् । उनले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा-किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला अधिवेसन गर्दैछ । अधिवेसनमा एक हजार जनप्रतिनिधि सहित २५ हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संघीय सांसद राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा बिधायन समितिका सभापति पर्शुराम मेघी गुरुङ, एमाले प्रदेश नम्बर एक अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर