सर्वोच्चको अन्तरिम आदेश- रोक्कालाई युवा स्वरोजगार कोषको उपाध्यक्षकै रुपमा कामकाज गर्न दिनू


काठमाडौं । सर्वोच्च अदालतले युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोक्का (देवराज) लाई हटाउने सरकारको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ ।
रोक्कालाई हटाउने निर्णय कार्यन्वयन नगर्न यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले अर्को फैसला नभएसम्म उनलाई पदमा यथावत काम गर्न दिन सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा रोक्काको मुद्दाको सुनुवाइपछि सो आदेश जारी भएको हो । रोक्कालाई युवा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमै काम गर्न दिन भन्दै अदालतले उनलाई अन्यत्र काज सरुवा नगर्न समेत आदेश दिएको छ ।
रोक्काले अल्पकालनी अन्तरिम आदेशबाट पुनर्वहाली भएपछि उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रालयमा काज सरुवा गरेका थिए । त्यसका विरुद्ध समेत रोक्का अदालत गएकोमा अदालतले माग बमोजिमको आदेश दिएको हो ।
केपी ओली सरकारले चार वर्षका लागि नियुक्त गरेका रोक्कालाई यो सरकार आएपछि बर्खास्त गरेको थियो ।
लेाप्पा खायाे पाँच दलालहरूकाे सरकारले ।