चाकु बनाउन व्यस्त टोखाबासी (तस्बिरहरू) – Nepal Press

चाकु बनाउन व्यस्त टोखाबासी (तस्बिरहरू)

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै टोखाबासी चाकु बनाउन व्यस्त देखिन्छन् । काठमाडौंको उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ ।

शिवपुरी जंगल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सक्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो ।

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग छन् । वर्षको दुई महिना (मंसिर र पुस) मा एउटा उद्योगबाट १ लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आम्दानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठ बताउँछन् । उनका अनुसार यो बेला ३ देखि ४ सयजनासम्मले यहाँ रोजगारी बनाउँछन् ।

एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रतिकिलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर