एमाले गुल्मी अध्यक्षमा काउछा र सचिवमा श्रीपाली निर्विरोध – Nepal Press

एमाले गुल्मी अध्यक्षमा काउछा र सचिवमा श्रीपाली निर्विरोध

रुपन्देही । नेकपा (एमाले) गुल्मीमा अध्यक्ष र सचिव निर्विरोध निर्वाचित भएका छन् । जिल्ला अध्यक्षमा बाहिसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका हुन् ।

एमाले गुल्मीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेको थियो ।

शुक्रवारबाट सुरु भएको जिल्ला अधिवशनमा अध्यक्ष र सचिव पदबाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन् ।

अन्य पदमा धेरै आकांक्षी भएपनि सर्वसम्मत नेतृत्व चयन गर्नका लागि छलफल भइरहेको एमाले गुल्मीले जनाएको छ ।

अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ ।

जिल्ला अधिवेशनको लागि सात सय १० प्रतिनिधि रहेका छन् ।

प्रदीप ज्ञवाली र गोकर्ण विष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिएका छन् । मौसम प्रतिकुल र नेतृत्व  सर्वसम्मत टुङ्गो लाग्न थालेपछि प्रतिनिधि घर फर्किन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *