मिडिया अवार्ड विवादबारे पत्रकार महासंघको प्रष्टोक्ति


काठमाडौं । ड्रिम हाइ नेपालले वितरण गर्न लागेको मिडिया अवार्डबारे पत्रकार महासंघलाई जोडेर आएका प्रतिक्रियाहरुप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अवार्ड समारोह सुरुहुनु केही समयअगाडी विज्ञप्ती जारीगरि महासंघले संस्थालाई जोडेर आएका प्रतिक्रियाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पत्रकारहरुको भूमिकालाई आधार बनाएर सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइले राखेको प्रस्तावलाई महासंघले स्वीकार गरेको भएपनि कुनै आर्थिक लाभ नलिएको महासंघको दावी छ ।
अवार्ड आयोजक संस्थाले महासंघलाई दिने भएको तीन लाख रुपैयाँ कोभिड प्रभावितहरुका लागि स्थापना भएको राहत कोषमा जम्मा गर्ने सहमति भएको उल्लेख गर्दै उहासंघले अब सो रकम नलिने पनि जनाएको छ ।
महासंघका सचिव सृजना अर्यालले गरेको विज्ञप्तीमा भनिएको छ, ‘अब प्राप्त प्रतिक्रियालाई ध्यानमा राखेर सहमति कायम नहरने गरी उक्त रकम महासंघले नलिने र कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका गतिविधिहरुको बारेमा केन्द्रीय कार्य समिति बैठकमा छलफल गरी आवश्यक निर्णय हुनेछ ।’