बालकोट ओहोर–दोहोरप्रति असन्तुष्ट बाबुरामले भने- झुक्ने होइन, लड्ने हिम्मत गरौं – Nepal Press

बालकोट ओहोर–दोहोरप्रति असन्तुष्ट बाबुरामले भने- झुक्ने होइन, लड्ने हिम्मत गरौं

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन बालकोटमै जाने प्रधानमन्त्री तथा कांग्रेस नेताहरुको लचकताप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबारको सत्ता गठबन्धनको बैठकले ओलीलाई संसद अवरोध खुलाउनेलगायतका विषयमा सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाउने निर्णय गरेको थियो । त्यसमा समेत बाबुराम सन्तुष्ट थिएनन् ।

बाबुरामले सो निर्णयप्रति सांकेतिक असन्तुष्टि जनाउँदै शुक्रबार साँझै ट्वीट गरेका थिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी रहेको बताएका थिए । देउवाले आजै ओलीसँग भेट गरिसकेका छन् ।

यसबीचमा प्रधानमन्त्रीको दूतका रुपमा रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतलगायतका नेताहरुले पनि बालकोट पुगेर ओलीसँग संवाद गरेका छन् ।

बाबुरामले भने ओलीको नाम नलिइ भनेका छन्– प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं। प्रतिगमनकारीसंग झुक्ने हैन, लड्ने हिम्मत गरौं !


प्रतिक्रिया

One thought on “बालकोट ओहोर–दोहोरप्रति असन्तुष्ट बाबुरामले भने- झुक्ने होइन, लड्ने हिम्मत गरौं

  1. झुक्नु त भारतसँग मात्र पर्छ । कि कसाे भारूराम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर