ओमिक्रोन भेरिएन्ट फैलिएपछि प्रधानमन्त्रीले बोलाए सीसीएमसी बैठक – Nepal Press

ओमिक्रोन भेरिएन्ट फैलिएपछि प्रधानमन्त्रीले बोलाए सीसीएमसी बैठक

काठमाडौं । आज एकैदिन २४ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) बैठक बोलाएको छ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो।

बैठकमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, डा. स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह तथा वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत सहभागी छन् । बैठकमा कोरोनाको तेस्रो लहर रोकथामबारे छलफल भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *