प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी-कमजोरहरू चुनावसम्म गठबन्धन भनेर कराइरहेका छन् (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी-कमजोरहरू चुनावसम्म गठबन्धन भनेर कराइरहेका छन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गठबन्धन नगरे चुनावै जित्न नसक्ने अवस्थामा रहेका कमजोर व्यक्तिहरूले गठबन्धनको कुरा गरिरहेको आरोप लगाएका छन् ।

जिल्ला अधिवेशनहरुको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न र जित्न सक्षम रहेको बताए । ओलीले प्रचण्ड-माधव समूह गठबन्धनबिना बाँच्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।

ओलीले भने, ‘जो जति कमजोर छ, त्यो त्यति नै कराइरहेको छ यो गठबन्धन आउने सबै निर्वाचनसम्म जान्छ भनेर । जोड-जोडले कराउँदैछ गठबन्धन गरिन्छ भनेर । किनकी उसलाई विश्वास नै छैन । तर, एमाले कुनै गठबन्धनको पक्षमा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर