कोरोनाका कारण माओवादी केन्द्रीय समिति बैठक सर्‍यो, पदाधिकारी चयन प्रक्रिया लम्बियो – Nepal Press

कोरोनाका कारण माओवादी केन्द्रीय समिति बैठक सर्‍यो, पदाधिकारी चयन प्रक्रिया लम्बियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको २५ गतेको बैठक स्थगित भएको छ । कोरोनाका कारण बैठक माघ ८ गतेसम्मलाई सारेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

२५ गतेको बैठकमा पदाधिकारी चयन गर्ने बताइएको थियो । बैठक सरेसँगै अब पदाधिकारी चयन प्रक्रिया पनि ढिला हुने भएको छ ।

केन्द्रीय कार्यालयका धेरै कर्मचारीालई कोरोना संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निवासमा हुने प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।

माओवादी केन्द्रीय कार्यालयका कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित ६ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि माओवादी केन्द्रीय कार्यालयसमेत बन्द गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर