प्रेस चौतारी प्युठानको अध्यक्षमा बासुदेव गिरी सर्वसम्मत् – Nepal Press

प्रेस चौतारी प्युठानको अध्यक्षमा बासुदेव गिरी सर्वसम्मत्

रूपन्देही । प्रेस चौतारी नेपाल प्यूठानको अध्यक्षमा बासुदेव गिरी सर्वसम्मत निर्वाचित भएका छन् । विहीवार विजुवारमा सम्पन्न अधिवेशनबाट गिरी अध्यक्ष चयन भएका हुन् ।

गिरी यसअघि प्रेस चौतारी प्यूठानको एक कार्यकाल उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा महेश थापा (खुल्ला), शिवा रेग्मी (महिला), सचिव दिलबहादुर दसौदी, सह सचिव नोमराज शर्मा (खुल्ला), सृजना सेन (महिला) र कोषाध्यक्ष बोमबहादुर चयन भएका छन् ।

सदस्यहरुमा सीता न्यौपाने, तेजेन्द्र बीएम, माया घर्ती र हेमन्त पाठक चुनिएका छन् । उद्घाटन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा, पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज तथा पूर्व प्रेस चौतारी इन्चार्ज सूर्य थापा र प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं रासस लुम्विनी प्रदेश प्रमुख भरत केसीले जनतालाई जागरण पैदा गर्ने काम मिडियाले गर्ने भएकाले खोजमूलक र अनुसन्धानमूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

उनीहरुले एमालेको नेतृत्वबिना राष्ट्रवादको नारा कमजोर हुने बताएका थिए । कार्यक्रममा चौतारी प्यूठानका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर