गोल्डेनगेट अनमोल स्मृति बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा


काठमाडौं । गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजय बेहोर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा बिहिबार कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित गर्यो ।
कीर्तिपुरका प्रनिश महर्जनले १७ अंक जोडे । लिगमा समग्रमा गोल्डेनगेटको प्लस १० र कीर्तिपुरको प्लस ७ अंक भएकाले गोल्डेनगेटले सेमिफाइनलको बाटो तय गरेको हो ।
कीर्तिपुरले सुरुका दुई क्वाटर क्रमशः २४–२३ र २१–१२ ले आफ्नो पक्षमा पार्यो । तेश्रो क्वाटरमा १३–१८ ले पछि परेको कीर्तिपुर चौथोमा २२–१५ ले अगाडि रह्यो ।
सेमिफाइनलमा गोल्डेनगेटले रोयलसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा टाइम्सले गोड्स विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल शुक्रबार हुने छन् ।