गाँजा बेचबिखनमा संलग्न हजुरबा-नाति पक्राउ – Nepal Press

गाँजा बेचबिखनमा संलग्न हजुरबा-नाति पक्राउ

महोत्तरी । गाँजा बेचबिखन आरोपमा प्रहरीले महोत्तरीबाट चारजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाको टोलीले गौशाला नगरपालिका-४ रजखोर बस्ने ७० बर्षीय रामचन्द्र साह र उनका २१ बर्षीय नाति रोहित साह, सोही वडाका ५३ वर्षीय उपेन्द्र साह र उनका १९ वर्षीय छोरा विवेक साहलाई बुधबार राति पक्राउ गरेको हो ।

रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाएको गाँजा तीन केजी, डिजिटल तराजु एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२० पुस बेलुका साढे ६ बजे रामचन्द्र र उनको नाति रोहितलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबास ल्याएर थप अनुसन्धान गर्दा उपेन्द्र साहको घरबाट पनि बिक्री हुने गरेको सूचना पाएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी, डिजिटल तराजु एक थान र बिक्री गरेको ६५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर