अध्यक्षको राजीनामा माग्दै लोकसेवामा परीक्षार्थीको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

अध्यक्षको राजीनामा माग्दै लोकसेवामा परीक्षार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । रिजल्ट कुरेर बसेका शाखा अधिकृतका परीक्षार्थीहरूले लोकसेवा आयोग अगाडि विरोध प्रदर्शन गरेका छन् । आयोगले सञ्चालन गरेका सबै चरणको परीक्षा दिएर पनि नतिजा प्रकाशन नगरेको भन्दै उनीहरूले अनामनगरस्थित आयोगको कार्यालयमा नाराबाजी गरेका हुन् ।

आन्दोलनरत परीक्षार्थीले अध्यक्ष माधवप्रसाद रेग्मीको राजीनामासमेत माग गरे । रेग्मीले आफ्नो भूमिका निर्वाह गर्न नसकेको उनीहरूको आरोप छ । आयोगले २०७६ र ७७ मा गरेको विज्ञापनको रिजल्ट प्रकाशन गरेको छैन । जसका कारण परीक्षा र अन्तर्वार्ता दिएर बसेका झण्डै १५ सय परीक्षार्थी अन्योलमा परेका छन् ।

निजामति कर्मचारी भर्ना तथा पदपूर्तिसम्बन्धी दर्जनौं मुद्दा अदालतमा विचाराधीन छन् । आफूहरूको रिटमा अदालतले सुनुवाइ नगरेकाले अध्यक्षविरुद्ध आन्दोलन थालिएको परीक्षार्थीहरूले बताएका छन् । प्रक्रिया यथास्थितिमा राख्नु भनी सर्वोच्चको आदेश आएकाले नतिजा प्रकाशन गर्न नसकिएको आयोगले बताउँदै आएको छ ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

One thought on “अध्यक्षको राजीनामा माग्दै लोकसेवामा परीक्षार्थीको प्रदर्शन (तस्बिरहरू)

  1. लाेकसेवा अगाडि हाेइन अदालतमा गर प्रदर्शन । अदालतले राेकेपछि लाेकसेवाले टार्न मिल्दैन भन्ने पनि नजान्नेले के लाेकसेवा दिनु ? गठबन्धनका हनुमान हाेलान अध्यक्षकाे राजिनामा माग्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *