बालुवाटार जग्गा प्रकरणमा मुछिएका ३ सयभन्दा बढीलाई पक्राउ गर्न अदालतको अनुमति – Nepal Press

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ३ सयभन्दा बढीलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता श्यामकुमार महतोले सो प्रकरणमा दोषी पाइएकाहरूलाई पक्राउ गर्न अनुमति पाएको बताए । ‘धेरैजना भएकाले एकैपटक पक्राउ गर्न असम्भव हुने भएकाले मुछिएकाहरूलाई क्रमश: पक्राउ गर्दै जान्छौं । अदालतबाट अनुमति आइसकेकाले हामीलाई अब पक्राउको बाटो खुलेको छ ‘, उनले नेपाल प्रेससँग भने ।

ललिता निवास प्रकरणमा दोषी पाइएकालाई किर्तेमा मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकिएको महतोले बताए ।

बालुवाटार जग्गा प्रकरणका पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजय गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वसचिव मलेगोलगायत मुछिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर