ललितपुरका विभिन्न मन्दिरबाट ऐतिहासिक मुर्ति चोरी गर्ने दुइ जना व्यक्ति मुर्तिसहित पक्राउ


काठमाडौं । ललितपुरको विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान पाटी पौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मुर्ति चोरी गर्ने दुइ जनालाइ महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेकाे छ । मुर्ति चोरी भएको जानकारी परिसरलाई प्राप्त भएपछि परिसरले चोरी गर्ने गिरोहलाई पक्राउ गर्नका लागि परिसर तथा परिसर मातहतका प्रहरी वृत र प्रभाग कार्यालयबाट प्रहरी परिचालन गरेको थियो ।
पुष १५ गते रातीको समयमा ललितपुरको गोदावरी नगरपालिका तीन टौखेलस्थित रहेको पञ्चयिन मन्दिरवाट ढुंगामा कुँदिएको वुद्धको मुर्ति चोरी गरी विक्री गर्नका लागी साथमा वोकी हिडिरहेको अवस्थामा शनिबार ललितपुरको टौखेलवाट रामेछापको दोरम्बा गाउँपालिका दुई तल्लोटोल घरमा भएका र अहिले काठमाण्डौंको टोखा नगरपालिका १० सामाखुसी बस्दै आएका २३ वर्षका नेशनल योञ्जनलाई मुर्तिसहित पक्राउ गरीएको हो ।
टौखेलवाट चोरी गरीएको वुद्धको मुर्ति खरिद गर्न आउने क्रममा ललितपुरकाे ललितपुर महानगरपालिका २० का ४५ वर्षका सानुलाल महर्जनलाई आइतबार ललितपुरको ललितपुर उपमहानगरपालिका ११ चाकुपाटबाट पक्राउ गरिएकाे थियाे । पक्राउ परेका विरुद्ध ललितपुर जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।
प्रवक्ता महर्जनका अनुसार मंसिर २७ गतेराती ललितपुरको ललितपुर महानगरपालिका ११ कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर अगाडि रहेको मिसाहिटीको ढुंगेधारा माथि रहेको नारायणको एक थान मुर्तिसहित पक्राउ गरिएको हो भने पुष १५ गते १५ गते रातीको समयमा ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलस्थित रहेको पञ्चयिन मन्दिरवाट चोरी भएको ढुंगामा कुँदिएको वुद्धको एक थान मुर्तिसहित पक्राउ गरिएको हो ।