राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा पनि गठबन्धनको मनोनयन सकियो – Nepal Press

राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा पनि गठबन्धनको मनोनयन सकियो

काठमाडौं । राष्ट्रियसभा चुनावका लागि सुदूरपश्चिमम प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेलधुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

कैलालीको धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले मनोनयन दर्ता गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर