अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, कसले के जिम्मा पाए ? (सर्कुलरसहित) – Nepal Press

अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने, कसले के जिम्मा पाए ? (सर्कुलरसहित)

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ । यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बताए ।

हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो । बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाएका छन् ।

विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर