प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार – Nepal Press

प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार

झापा । प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन भएका छन् ।

सोमबार भएको नवौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईं चयन भएका हुन् ।

तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले जानकारी दिए । समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरगाईं, भूमिराज पराजुली, राजु पोखरेल, मीना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडालगायत छन् ।

गौरादहस्थित नमूना घरबास आयोजनाको प्रांगणमा भएको अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव तथा प्रेस चौतारीका इन्चार्ज पृथ्वीगुरुङ सुब्बाले गरेका थिए ।

उनले तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गरे । उनले नागरिक हक स्थापना, विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारिता गर्न पत्रकारलाई प्रेरित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर