रासायनिक मलको कारखाना खोल्ने तयारीमा छौं : कृषिमन्त्री राय – Nepal Press

रासायनिक मलको कारखाना खोल्ने तयारीमा छौं : कृषिमन्त्री राय

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवले नेपालमै रासायनिक मलको कारखाना खोल्ने योजना बन्दै गरेको बताएका छन् । संसदको अर्थ समितिमा उनले कारखाका लागि १ खर्ब २५ अर्ब अनुमानित लागत पेस गरे ।

हरेक नयाँ कृषिमन्त्रीले रासायनिक मलको कारखाना खोल्ने रटान लाए पनि नतिजामुलक काम भने भएको छैन ।

समितिले पुँजीगत खर्च कम हुनुको कारण र उपायको विषयमा छलफल गरेको थियो । मन्त्री यादवले मल अभाव रोक्न स्वदेशमै कारखाना खोज्ने तयारी भइरहेको जानकारी गराएका हुन् । त्यसका लागि ग्यास वा विद्युतमध्ये के प्रयोग गर्ने छलफल भइरहेको उनको भनाइ छ ।

मन्त्री रायले मलमा पनि तेलको जस्तै स्वचालित मूल्य बनाउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर