आर्थिक वर्षको ५ महिना : भौतिक मन्त्रालयको पुँजीगत खर्च ११ प्रतिशतमात्रै – Nepal Press

आर्थिक वर्षको ५ महिना : भौतिक मन्त्रालयको पुँजीगत खर्च ११ प्रतिशतमात्रै

काठमाडौ । आर्थिक वर्षको मध्य पुग्न लाग्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले ११ प्रतिशतमात्रै खर्च गरेको छ । केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र ३० प्रतिशत पुजीगत खर्च गर्न निर्देशन दिएका थिए ।

तर, बजेट सुनिश्चित नभएको कारणले गर्दा ११ प्रतिशतमात्रै खर्च भएको भौतिक सचिव रविन्द्रनाथ श्रेष्ठले बताए । पूर्वाधारका कतिपय योजनामा वन क्षेत्रका कारण भौतिक प्रगतिमा ह्रास आएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर