अन्टार्टिकाको विन्सन हिमाल चुचुरोमा नेपाली तीन दाजुभाइ – Nepal Press

अन्टार्टिकाको विन्सन हिमाल चुचुरोमा नेपाली तीन दाजुभाइ

काठमाडौं । अन्टार्टिकाको सबैभन्दा अग्लो हिमाल विन्सन हिमाल (४,८९२ मिटर) को तीन नेपाली शेर्पा दाजुभाइले सफल आरोहण गरेका छन् । नेपाली समयअनुसार आइतबार बेलुका ९:४५ बजे कीर्तिमानी आरोहीसमेत रहेका दाजुभाइ मिङमा, छाङदावा र टासिलाक्पा शेर्पाले एकैपटक आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेक्सका सञ्चालकसमेत रहेका तीन दाजुभाइले पहिलोपटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेको कम्पनीले जनाएको छ । दुई सातामै चुचुरोमा पुगेर उनीहरूले कीर्तिमान बनाएका हुन् ।

यसअघि संसारकै आठ हजारभन्दा अग्गा १४ वटा हिमालको मिङमा र छाङदावाले सफल आरोहण गरिसकेका छन् । साथै टासिलाक्पाले २० वर्षकै उमेरमा बिनाअक्सिजन सगरमाथा आरोहण गरी गिनिज वुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरिसकेका छन् ।

साउथपोलमा अवस्थित विन्सन हिमाल आरोहणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दाजुभाइलाई १३ डिसेम्बरमा राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाई गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर