मन्दिर किन जाने, के पाइन्छ त्यहाँ ? – Nepal Press

मन्दिर किन जाने, के पाइन्छ त्यहाँ ?

आजभोलि एकखालका मानिसहरु आफूलाई आधुनिक, परोपकारी, मानवसेवी देखाउन सामाजिक सञ्जालमा प्रतिक्रियाहरु दिइरहेका हुन्छन्– मन्दिर बनाएर के काम, त्यस ठाउँमा स्कुल बनाऔं । माओवादी केन्द्रले महाधिवेशनमार्फत् नै त्यस्तैखाले उर्दी जारी गर्‍याे ।

सतहमा हेर्दा उनीहरुको कुरा सही जस्तो पनि लाग्छ । मानिस भनेको शरीरको एउटा ढिको मात्रै हुन्थ्यो र उभित्र भावको पक्ष हुँदैनथ्यो भने उनीहरुका यी कुरा सही नै हुन् । तर शरीर मानिसको आवरण मात्रै हो । मान्छेलाई चित्त दुख्छ, कहाँनेर दुख्छ ? मन्दिर चाहिँदैन भन्नेले भन्न सक्दैन । मान्छे खुसी हुन्छ, शरीरको कुन भाग खुसी भएको हो ? तिनले भन्न सक्दैनन् । दुःख पर्दा कहाँनेर दुख्ने गरेको हो ? त्यो पनि उनीहरु भन्न सक्दैनन् । जब यो कुरा उनीहरु भन्न सक्दैनन्, तिनीहरुले मन्दिर हुनु र नहुनुको अर्थ थाहा पाउने कुरै हुँदैन । सार्वजनिक व्यक्तित्व दर्शाउन उनीहरुको तर्क हुन्छ– मन्दिरले मानवीय र भौतिक विकास ठप्पै पार्‍याे । व्यक्तिगत दुःख पर्दा उनीहरु नै फेरि मन्दिर पनि जान्छन्, ‘हे भगवान !’ पनि भन्छन् ।

भन्नलाई त हामी मन्दिर दर्शन गर्न गएको भन्छौं । तर मन्दिरमा पुगेपछि भने आँखा चिम्म गर्छौं र आफैंभित्र हेर्छौं । आखिर किन मान्छे मन्दिर पुगेर आँखा चिम्म गर्छ ?

आजभोलि कुनै धनाढ्यले पैसा कमायो भने आफूलाई जहाँ मन लाग्यो त्यहीँ मन्दिर बनाइदिन्छ । तर सहरका बीचमा ठड्याएका भवन मन्दिर होइनन् । आफू धनी भएको दुनियाँलाई देखाउन रातारात भवन बनाएर भित्तामा व्यक्तिको नाम कुँदाएर बनाइएका वास्तु मन्दिर होइनन् । चार पर्खाल भएको एउटा भवन बनायो, अनि त्यसको बाहिर एउटा क्रुस झुण्डायो, अनि दशांश भेटी लिन सुरु गर्‍याे । मन्दिर यसरी तयार हुने होइनन् ।

भन्नलाई त हामी मन्दिर दर्शन गर्न गएको भन्छौं । तर मन्दिरमा पुगेपछि भने आँखा चिम्म गर्छौं र आफैंभित्र हेर्छौं । आखिर किन मान्छे मन्दिर पुगेर आँखा चिम्म गर्छ ? आलेखको सुरुमा मन्दिर नै किन र कसरी बने त्यो हेरौं ।

हिमाल, पहाडका टुप्पा वा एकान्तमा गएर ध्यानस्थ हुन ऋषिहरुले पत्ता लगाएका ऊर्जाले भरिपूर्ण ठाउँहरु हुन्थे । ती ऊर्जावान कसरी हुन्थे भने त्यहाँ पञ्चतत्व यानेकी वायु, आकाश, पृथ्वी, जल, तेज(अग्नि) एकैठाउँ प्राप्त गर्न सकिन्थ्यो । त्यस्ता ठाउँ पत्ता लगाएर ऋषिहरु ध्यानमा बस्थे । त्यहाँ सके मन्दिर निर्माण गरिन्थ्यो, नसके त्यहाँ पुग्ने संस्कृति बन्थ्यो ।

नेपाल र भारत मात्र होइन, यस्तो सनातनी संस्कृति पुगेका ठाउँ इण्डोनेशियासम्म गएर हेरे पनि सबै मन्दिरहरु एकदमै विकट र ऊर्जावान ठाउँमा अवस्थित छन् । नेपालका मनकामना, दक्षिणकाली, पाथिभारा, मुक्तिनाथ जुनसुकै मन्दिर हेरौं, प्रायः पुराना मन्दिरहरु सबै अग्लो ठाउँमा, एकान्त र विकटमा बनाइएका छन् । भारतको केदारनाथ, अमरनाथ सबै त्यस्तै ठाउँमा छन् । नेपलको पशुपतिनाथ मन्दिर पनि त्यस्तै ठाउँमा थियो । तर पछि सहरमा जनघनत्व बढेसँगै पशुपतिनाथ सहरबीच हुन पुगेको छ । इण्डोनेसिया पुग्दा हामी पुगेका मन्दिर सबै यस्तै ऊर्जावान ठाउँमा भेटिए । अझ उलाउबटुर मन्दिर समुन्द्रको छेउमा पुग्दै हर्षोल्लास महसुस हुने पहाडको टुप्पोमा छ । यसको मतलव हिमालका चोटीमा, पहाडका टुप्पा र एकान्तमा भरपूर ऊर्जा भएका ठाउँ नै मन्दिर हुन् ।

त्यसो त हरठाउँमा धेरै–थोरै ऊर्जा र प्रकृतिको ध्वनी हुन्छ नै । तर मन्दिर अधिक ऊर्जा भएका ठाउँमा तयार गरिन्थे या गरिन्छ । ऋषिहरुले पत्ता लगाएका यस्ता ठाउँ, जहाँ सक्दा राज्यले या समाज मिलेर पहाडजत्रा ढुङ्गालाई खोपेर मन्दिर बनाउँथे । नसके तिनै ऊर्जाशील ठाउँमा पुग्दापुग्दै केही नभए पनि त्यहाँ पूजा गर्ने संस्कृति विकास भएको पाइन्छ ।

हामीले प्रकृतिबाटै शक्ति लिने र मानसिक र शारीरिक रुपमा स्वस्थ्य हुने प्रक्रिया हो– मन्दिर जाने चलन । प्रकृतिको ऊर्जा आफूमा समेटेर जिउने हिमवतखण्डको यस पद्दतिलाई अनेक नाम दिएर अहिले विभिन्न देशहरुमा मानसिक उपचार विधिको रुपमा प्रयोग गरिन थालिएको छ ।

जहाँ भरपूर ऊर्जा छ, त्यहीँ निर्माण गरिने भएकाले मन्दिर पुग्दा मान्छे आनन्द महसुस गर्दै आँखा चिम्म गर्छ । त्यो ऊर्जामय ठाउँमा स्वतः मान्छे हलुका र शान्त महसुस गर्छ र स्वदर्शन गर्न पुग्छ । किनकि यसरी परावर्तित तरङ्गले मानिसको शरीर र मन दवैलाई आबृत्त बनाइराख्छ । यसले मान्छे वर्तमानमा अडिन पुग्छ र आनन्दको महसुस गर्छ । अनि त्यहीं आनन्दले आँखा चिम्म हुन्छ । यसलाई भन्न यति धेरै समय लागे पनि कृत्य एकदमै सुक्ष्म र निमेषभरमा घट्छ । यसलाई कृत्यभन्दा पनि घटना भन्नु उपयुक्त हुन्छ ।

मन्दिर सकरात्कम ऊर्जाको खानी यसकारणले पनि हुन्छ कि त्यहाँ भएको गजुरले आकाशीय ऊर्जालाई पनि समेटेर सहजै प्राप्त गर्न सकिने बनाइएको हुन्छ । यस्ता शक्तिशाली मन्दिरहरुमा पुग्दा खालीखुट्टामा भुइँबाट एकखालको शक्ति प्रवेश गरेको महसुस हुन्छ । आफूलाई पराभौतिक अवस्थामा पुर्याएका मुनिहरुको भनाइ छ– यसरी प्रवाह भएका तरङ्ग हाम्रो मस्तिष्कसम्म पर्छ र आज्ञाचक्र खुल्छ । यसबाट हाम्रो मष्तिष्कमा परमशन्ति महसुस हुन्छ अनि हामी आनन्दित हुन्छौं । जुन ऊर्जालाई बुद्धले ‘अनाहत नाद’ भनेका छन् । यस्तो ध्वनी बाहिरबाट होइन, महसुसबाट मात्र प्राप्त हुन्छ ।

हामीले प्रकृतिबाटै शक्ति लिने र मानसिक र शारीरिक रुपमा स्वस्थ्य हुने प्रक्रिया हो– मन्दिर जाने चलन । प्रकृतिको ऊर्जा आफूमा समेटेर जिउने हिमवतखण्डको यस पद्दतिलाई अनेक नाम दिएर अहिले विभिन्न देशहरुमा मानसिक उपचार विधिको रुपमा प्रयोग गरिन थालिएको छ । किनकि उनीहरुका मन्दिर छैनन् । रेकी त्यस्तै प्रकृतिको ऊर्जा समेटेर गरिने एउटा उपचार पद्दति हो । रेकी जापानी शब्द ‘रेई’बाट आएको हो । रेईको अर्थ जीवन ऊर्जा हो ।

यसरी प्रकृतिको ऊर्जा आफूमा समाहित गर्न उनीहरुलाई बिरामी हुन पर्छ भने हामी संस्कृतिबाट हरेक दिन हरेक एकले मन्दिर गएर आफैं आफ्नो उपचार गरिरहेका हुन्छौं । ऊर्जालाई उपचार विधिको रुपमा प्रयोग गर्ने यो तरिका सागरमा डुबुल्की मार्नु (मन्दिर जानु) र सागरबाट पानी उठाएर ल्याएर छर्कनु जस्तै काम हो ।

मन्दिरमा बजाइने शंख लय अर्को माध्यमबाट अलौकिक अवस्थामा पुर्‍याउने विधि हो । आज पो हाम्रो संस्कृति लोप नै भइसक्यो । नयाँ पुस्ताले शंख बजाउन पनि जान्दैनन् । तर शंख मानव सभ्यताको सुरुदेखि नै प्रयोगमा थियो ।

अझ मन्दिरमा भएको काँसको घण्टबाट आउने ध्वनीको अर्काे पक्ष छ । भौतिक संसारबाट लिएको सूचनाले गुजुल्टो परेकोे विचारलाई घन्टबाट निस्किएर तरङ्गले एउटा परिधिमा ल्याइदिन्छ । घण्टको ‘ट्वाङ्ग’ आवाजले हाम्रो विचारलाई एक रेखामा ल्याउने काम गर्छ ।

भनिन्छ– मन्दिरको घण्टबाट निस्किएको ‘ट्वाङ्ग’ आवाज सात सेकेण्डसम्म गुञ्जिरहन्छ । त्यो आवाजले अनेक विचारले गुजुल्टो पारेर रहेको दिमागका सूक्ष्म बाटालाई एक रेखामा परिणत गरिदिन्छ । अहिले पश्चिमाहरुले झर्के बोलबाट यस्ता आवाज निकालेर मानसिक समस्यामा परेका मान्छेको उपचार गरिरहेका छन् । जसलाई उनीहरुले ‘हिलिङ पावर’ उपचार विधि भनेका छन् । यसरी आवाज निकालेर उपचार गर्ने विधि पनि प्रकृतिकोे संगीतबाट एउटा तार तान्नु जस्तो मात्र हो ।

मन्दिरमा बजाइने शंख लय अर्को माध्यमबाट अलौकिक अवस्थामा पुर्‍याउने विधि हो । आज पो हाम्रो संस्कृति लोप नै भइसक्यो । नयाँ पुस्ताले शंख बजाउन पनि जान्दैनन् । तर शंख मानव सभ्यताको सुरुदेखि नै प्रयोगमा थियो । पहिले पूजा लगाउँदा, मृत्युको बेलामा, मन्दिरमा मात्र नभएर हरेक बिहान उठेर पनि शंख फुक्ने गरिन्थ्यो ।

मानिसलाई सर्वोच्च चेतनामा लैजाने मानव जीवनका यस्ता सार्वेत्कृष्ट खोजलाई रुढीवादीको नाम दिएर हामीले घृणाले थुक्दै गर्दा पश्चिमाहरु भने यसलाई मृत्युबाट बचाउने प्लास्टिकको टोक्रो लिएर आएका छन् । जसको पछिल्लो उदाहरण हो– कोभिडका बिमारीले फुक्ने स्प्यारोमिटर ।

यसले मान्छेलाई विचार शून्यताको अवस्थामा पुर्याउँछ । जति समय हामी विचारशून्य हुन्छौँ, त्यति समय नै आनन्द हुन्छ । हामीले गहिरो गरेर अनुभव गर्यौं भने थाहा हुन्छ– जतिबेला मनमा विचार खेलिरहेको हुँदैन, आनन्द भनेकै त्यहीं अवस्था हो ।

अर्काेतिर जसले शंख फुक्छ, शंख फुक्न लाग्ने स्वासले मान्छेको फोक्सोले पूर्ण काम गरेका कारण यसले रगत पनि सफा गर्छ । किनकि शंख फुक्दा त्यो दबाबमा नसा–नसा खुल्छन् । सबैभन्दा धेरै फोक्सोले काम गर्छ । फोक्सोमा दबाब पर्दा, त्यससँग जोडिएका सबै अंग सक्रिय रहन्छन् र ती स्वस्थ्य हुन्छन् । यसरी शंख फुक्नु हजारौं–हजार वर्षदेखि चल्दै आएको धर्मसँग जोडिएको उपचार विधि पनि हो ।

मानिसलाई सर्वोच्च चेतनामा लैजाने मानव जीवनका यस्ता सार्वेत्कृष्ट खोजलाई रुढीवादीको नाम दिएर हामीले घृणाले थुक्दै गर्दा पश्चिमाहरु भने यसलाई मृत्युबाट बचाउने प्लास्टिकको टोक्रो लिएर आएका छन् । जसको पछिल्लो उदाहरण हो– कोभिडका बिमारीले फुक्ने स्प्यारोमिटर ।

यो शंख प्रकृतिको अर्को झिनो रुप हो । जसलाई नियमित फुकेर कोरोनाबाट बँचेँ भन्नेहरु धेरै हुनुहुन्छ । तर उहाँहरुलाई शंख भने रुढीवादी र आधुनिक विकास नै ठप्प बनाउने चिजजस्तो लाग्छ । प्रयोग गर्दै आएका विषयहरुप्रति चाहिंँ हामीलाई विश्वास छैन । तर पश्चिमाले जे थमायो, त्यो भने हाम्रै नक्कल पनि हामीलाई उत्कृष्ट लाग्ने गुलाम मानसिकता हामीसँग छ । यस्तै हुँदै जाँदा अब कुन दिनदेखि उनीहरुले शंखको विकास हामीले गरेका थियौं भन्नेछन् । त्यतिबेला हाम्रा संस्कृतिलाई घृणा गर्नेहरुले नै भन्नेछन्– हामीले नै विकास गरेको भए किन यसको प्रविधि नबनाएको त ?

आफूलाई केन्द्र मान्ने म, त्यो म हुँ भन्ने अहं भावलाई केन्द्रबाट हटाएर अनन्त शक्तिले प्रतिस्थापन गर्नु र आफू परिधिमा रहेको शून्यताको अवस्था हो । जहाँ म हुँदैन, यहीं शून्य अवस्थामा पूजा हुन्छ । यसको मतलब त्यो शान्त, दुर्गम, ऊर्जाको केन्द्र भएको ठाउँ मन्दिर हो, चाहे त्यो मनको होस् या स्थलको ।

अब मूर्तिबारे कुरा गरौं । मूर्ति बनाउने पनि शास्त्र नै तयार छ । जसलाई ‘आगम शास्त्र’ भनिन्छ । मूर्तिका पनि आकार, रुप मुद्रा हुन्छन् । मूर्ति राख्दा प्राणप्रतिष्ठा गरिन्छ । प्राणप्रतिष्ठा गर्दा प्रयोग गरिने मन्त्र छन् । मूर्तिमा पहिला प्राण प्रतिष्ठा गरिन्छ र मन्दिरमा राखिन्छ । मूर्तिको प्रतिस्थापन बारे सत्यार्थ प्रकाशमा महर्षि दयानन्द सरस्वतीले त्यसबेलाको व्याख्यासहित प्रकाश पार्नुभएको छ (सत्यर्थप्रकाश पृ ३२८ देखि ३५५) ।

खासमा हामीले हरेक चिजलाई आकार या मूर्तरुपमा मात्र हेर्दै आयौं । यहाँसम्म कि हामीले सपना पनि मूर्त या आकारमा देख्छौं । यसो भनौं– शुद्ध निराकार देख्ने हामीमा पात्रता तयार छैन । त्यसैले मान्छेको मूर्तरुपबाट निराकारमा लैजान तयार गरिएको प्रणाली हो, मूर्ति । त्यो निराकार समेटिएको मूर्त रुप हो मूर्ति ।

यहाँ प्रार्थनाको पनि अर्थ छ । आफूलाई केन्द्र मान्ने म, त्यो म हुँ भन्ने अहं भावलाई केन्द्रबाट हटाएर अनन्त शक्तिले प्रतिस्थापन गर्नु र आफू परिधिमा रहेको शून्यताको अवस्था हो । जहाँ म हुँदैन, यहीं शून्य अवस्थामा पूजा हुन्छ । यसको मतलब त्यो शान्त, दुर्गम, ऊर्जाको केन्द्र भएको ठाउँ मन्दिर हो, चाहे त्यो मनको होस् या स्थलको । यसरी भौतिकताभन्दा माथि अध्यात्मिक आलोकमा शारीरिक र मानसिक दुवै रुपमा शान्त राख्ने ऊर्जाले भरिपूर्ण ठाउँ हुन् मन्दिर ।

जसरी एउटा घर सुरक्षित र भौतिक जीवन सुखमय रहन हावा लाग्ने, बिहानको घाम पर्ने, खोलाले, पहिरोले नभेट्ने, आगो लागेको बेला निभाउन सक्ने हुनु जरुरी हुन्छ, त्यसैगरी मन्दिर पनि पाँच तत्वको ऊर्जा भएको, शान्त मनको लागि उत्कृष्ट ठाउँ हुनुपर्छ । यसरी पनि हेरौं शारीरिक आरामका लागि हामीले भौतिक कुरा जोडे जस्तै पराभौतिक आसनमा रहने सुरक्षित ठाउँ हो मन्दिर ।

मन्दिर भन्नासाथ हामी भौतिक वस्तुले तयार गरिएको चार दिवारलाई सम्झन्छौं । तर त्यसको सम्बन्ध त्योभन्दा भित्रको आवाजसँग हुन्छ । जब मन मेटिन्छ अनि ओमकार अर्थात् अनाहत नाद सुनिन्छ । अनाहत बस्तुहरु ठोक्किएर वा आहत भएर आउने आवाज होइन । अनाहत अथवा आफैं भित्र रहेको तर, कहिल्यै नसुनिएको विनाटकराव आउने ध्वनी ओमलाई अनाहत नाद भनिएको छ । यसलाई बाहिरी जगतका ध्वनीबाट मुक्त भएपछि मात्र सुन्न सकिन्छ भन्ने मान्यता छ ।

कुनै जाति समुदायको लागि मात्र नभएर हरेकको जीवनयापनलाई सम्यक बनाउने एउटा माध्यम हो मन्दिर, पूजा र आरधना । खास ठाउँको सकरात्मक या नकरात्मक ऊर्जाले कसरी काम गर्छ भनेर श्रवणकुमारको कथाको प्रसंङ्गमा पनि आउँछ ।

आफ्ना आन्तरिक सुखका बेला मानिसका आँखा बन्द हुनुको कारण पनि त्यही हो भनिन्छ । आफूलाई खाली बनाएर, बाहिरका ध्वनीबाट मुक्त गरेर आफूभित्र ऊर्जा भर्न संसारका सबै मान्छे आतुर छन् । जैन ईश्वर मान्दैननन् तर ओम मान्छन्, बौद्ध आत्मा मान्दैनन् तर ओम मान्छन् । यसैलाई जियुज, मुसलमान, इसाइहरु पनि शब्द फरक बनाएर जप्छन् । उनीहरुसम्म यी कुरा पुग्दा ओमन या अमिन भएको छ । खासमा सबै खोजको केन्द्र ओम हो । ओम यस सनातन संस्कृतिको सर्वोत्कृष्ट खोज हो ।

जसको ऊर्जाले हामीलाई केही थाहा छैन, म शून्य हुँ भन्ने पराभौतिकको अवस्थामा लैजान सहयोग गर्छ । पराभौतिक कुुरा भौतिक हिसाबले मूर्त हुँदैनन् । यसरी मान्छेलाई पराभौतिकी अवस्थामा पुर्याउनेमाध्यम वा द्वार हुन् मन्दिर ।

कुनैबेला त बैद्यहरु पनि मन्दिर मै भेटिन्थे । मन्दिरहरु वौद्धिक मानिसहरु भेला हुने, मान्छेमा आइपरेका समस्या सुल्झउने न्यायालय नै थिए । त्यस्तै निधारमा चन्दन या टीका लगाउनु आज्ञा चक्रलाई शीतल राख्नु हो । अहिले प्राणायम गर्नुहुने हरेकले यसलाई महसुस गर्नुभएकै छ । यसरी मन्दिरमा हुने सबै प्रवन्धहरु मान्छेलाई गहिरो करुणासँग जोड्ने उपाय हुन् ।

बनाउन त मन्दिरहरु कुनै सम्प्रदायले बनायो होला । तर कुनै जाति समुदायको लागि मात्र नभएर हरेकको जीवनयापनलाई सम्यक बनाउने एउटा माध्यम हो मन्दिर, पूजा र आरधना । खास ठाउँको सकरात्मक या नकरात्मक ऊर्जाले कसरी काम गर्छ भनेर श्रवणकुमारको कथाको प्रसंङ्गमा पनि आउँछ ।

श्रवणकुमार आफ्ना आँखा नदेख्ने आमाबुवालाई लिएर तीर्थ गएको बेला बाटोमा कुनै एक जंगल नजिक पुग्दा साँझ परेको हुन्छ । श्रवणकुमारले तपाईंहरु ‘दृष्टिविहीन पो हो त, हिँड्न नसक्ने त होइन नि । कति बोक्नु अब हिँड्नुस्’ भनेर आमाबाबूसँग झर्कन्छन् ।

संसारमा हरेक कुरा जुन उद्देश्यका लागि सुरु गरिएका थिए, त्यसको दर्शन समयक्रमसँगै अनेकरुपमा बदलिका छन् । बुद्ध मूर्ति पूजाको विरोधी थिए । उनी मूर्ति पूजनको विरोधमा नै जन्मिएका हुन् तर आज संसारमा सबैभन्दा धेरै मूर्ति कसैका छन् भने ती बुद्धका हुन् ।

उनको झर्किएको आवाज सुनेर बुढाबुढी पनि डराईडराई एकअर्कालाई समाएर रातैभरी हिँड्छन् र उज्यालो भएपछि एक गाउँमा पुग्छन् । बिहान तिनै श्रवणकुमार निन्याउरा आमाबाको खुट्टामा घोप्टो परेर रुँदै ‘मैले तपाईँहरुलाई हिँडाएर कस्तो पाप गरेँ, मलाई क्षमा गर्नुस्’ भन्दै माफी माग्छन् । छोरो रोएको देखेर श्रवणकुमारका बाउले भन्छन् ‘त्यो तिम्रो दोष थिएन । हामी जहाँबाट आयौं त्यहाँ नकरात्मक ऊर्जा थियो र तिमीमा त्यसले नकरात्मक ऊर्जा पलायो ।’ नभन्दै त्यहाँ एउटा राक्षस बस्ने गरेको रहेछ । त्यसले त्यो बाटो हिँड्ने कसैलाई जिउँदो नछोडेको र त्यो बाटो कोही नजाने र गए फिर्ता नआउने या बिमारी नै पर्ने गरेको भनेर गाउँका मान्छेले सुनाए भनिएको छ (वाल्मिकी रामायण, द्वितीयखण्ड उत्तरकाण्ड) ।

हो जहाँतहीँ सही ठाउँ हुँदैन । त्यसैले पनि हामी शान्त रहन सकारात्मक ऊर्जाले भरिपूर्ण ठाउँ खोज्छौं । हो त्यही सकरात्मक ऊर्जाले भरिपूर्ण ठाउँ हो मन्दिर । जो प्राणी सबैको लागि तीर्थ हो ।

अब मन्दिर पुग्दा आँखा चिम्म किन हुन्छ भन्ने कुरा जोडौं । आखिर आनन्द प्राप्ति हुँदा किन आँखा बन्द हुन्छ ? खासमा मान्छे चरम सुखको बेला आँखा चिम्म गर्छ । चुम्मन गर्दा, यौन सुखको बेला, नमन गर्दा, मन्दिरमा पुग्दा आँखा चिम्म हुन्छ । यो कुनै योजनामा नभएर स्वतस्फूर्त हुन्छ । मन्दिरमा त घन्टौं आँखा चिम्म गरेर बस्न पनि सकिन्छ । खासमा आफूबाट विचार मेटिएर वर्तमानमा मात्र खडा भएपछि आँखा चिम्म हुन्छ । बाहिरबाट एकैछिन भए पनि मानिस आफूभित्र प्रवेश गर्छ ।

मान्छेमा जीवन जिउने ऊर्जामा कमी भएकै बेलामा प्रकृतिको ऊर्जा भर्न बनाइएका उपचार केन्द्र हुन्, मन्दिर । तर हामीमा ऊर्जाले भरिपूर्ण ठाउँहरु झनै साँघुरिँदै गएका छन् । भनिन्छ अहिलेको जनसंख्या जति मानिसको एक–एक वटा घर भएको दिन पृथ्वीमा टेक्ने जमिन बाँकी रहने छैन । अनि त्यो बेला झनै यस्ता ऊर्जाले भरिपूर्ण मन्दिरहरु आवश्यक हुनेछन् ।

मन्दिरमा समयक्रमसँगै अनेक संस्कृति पनि थपिँदै गएका छन् । पहिला पहिला सुन, चाँदीका मन्दिर हुन्थे । सुन पखालिएर आएको पानी पिउनु नै उपचार हुनु थियो । पछि यसको ठूलो मूल्य पर्न थालेपछि चोरी हुन थाल्यो र अनि मन्दिरमा कुरुवाका रुपमा पुजारी बस्न थाले । यसरी विस्तारै एकपछि अर्को समाजका चरित्र अनुसारका संस्कृति थपिँदै गए । नत्र मन्दिरमा पुजारी बस्नु आवश्यक नै थिएन ।

संसारमा हरेक कुरा जुन उद्देश्यका लागि सुरु गरिएका थिए, त्यसको दर्शन समयक्रमसँगै अनेकरुपमा बदलिका छन् । बुद्ध मूर्ति पूजाको विरोधी थिए । उनी मूर्ति पूजनको विरोधमा नै जन्मिएका हुन् तर आज संसारमा सबैभन्दा धेरै मूर्ति कसैका छन् भने ती बुद्धका हुन् । किनकि बुद्धले भनेको निराकारमा पुग्न पनि आकारकै माध्यम आवश्यक छ । त्यसैले बुद्धका हरेक मुद्राका मूर्ति छन् । समय बित्दै गएपछि हाम्रा संस्कृतिहरु के उपयोगिताको लागि थियो भनेर पनि भुल्ने अवस्था आयो ।

मन्दिर शीर झुक्ने ठाउँ हो । जहाँ शीर झुक्छ त्यहीं मन्दिर बन्छ । जतिबेला जहाँ प्रार्थना गर्ने कला आउँछ, हामीमा भगवान त्यहीं स्थापित हुन्छन् । यति भनौं, शून्यतामा शक्ति छ । यो भौतिक अभ्यासले ग्रस्त दुनियाँमा त्यसलाई आफूमा भर्ने ठाउँ नै मन्दिर हो ।

अझ यसलाई यसो पनि भन्न सकिन्छ- मान्छेमा जीवन जिउने ऊर्जामा कमी भएकै बेलामा प्रकृतिको ऊर्जा भर्न बनाइएका उपचार केन्द्र हुन्, मन्दिर । तर हामीमा ऊर्जाले भरिपूर्ण ठाउँहरु झनै साँघुरिँदै गएका छन् । भनिन्छ अहिलेको जनसंख्या जति मानिसको एक–एक वटा घर भएको दिन पृथ्वीमा टेक्ने जमिन बाँकी रहने छैन । अनि त्यो बेला झनै यस्ता ऊर्जाले भरिपूर्ण मन्दिरहरु आवश्यक हुनेछन् ।


प्रतिक्रिया

11 thoughts on “मन्दिर किन जाने, के पाइन्छ त्यहाँ ?

  1. अतिउत्तम लेख । स्तम्भकारलाई साधुवाद ।जय गोरख !

  2. Good article, but it would Be better if you didn’t mention cross and so on there, because you didn’t do the justice about it. You just mentioned cross…….. and you explained something else.

  3. बिनु , धन्यवाद कसरी दिनु होला ? आँखा चिम्लेर नमन ।

  4. लेख राम्रो हुँदाहुँदै पनि बुद्ध र बौद्ध दर्शनका सम्बन्धमा बिना अध्ययन चलिआएका भनाइको पुनरुक्ती मात्रै भेटियो । जबसम्म बुद्ध र बौद्ध विषय सम्बन्धित शास्त्र र सुत्र नपढी लेखिन्छ, चलिआएका मान्यतामा मिल्दो भएपनी वास्तविकतामाथि एक अर्को पर्दा हाल्ने काम मात्रै हुन्छ । यस्ता लेख लेख्न फेरिफेरी पनि बुद्ध र बौद्ध प्रसंग जोड्नु आवश्यक पर्ला । त्यसका लागि आफ्नो समय र चाहँना अनुरुप नेपाली भाषामै राम्रोसँग बुझाइदिने व्यक्तिहरुको पनि कमी छैन है!

  5. उत्कृष्ट लेख विनु जि। यस्ता लेख अरु पढ्न पाइयोस् हैं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *