शक्ति समूह र शैलेन्द्र हरिजनलाई मानव अधिकार पुरस्कार – Nepal Press

शक्ति समूह र शैलेन्द्र हरिजनलाई मानव अधिकार पुरस्कार

काठमाडौं । मानव अधिकारको संरक्षण र संवर्द्धनमा योगदान गर्ने गर्नेलाई सरकारले पुरस्कार वितरण गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पहिलोपटक व्यक्ति र संस्थातर्फ १/१ जनालाई सम्मानस्वरूप पुरस्कार वितरण गरेको हो ।

नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरिएको औपचारिक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले संस्थातर्फ काठमाडौंको शक्ति समूह र व्यक्तितर्फ शुद्धोधन गाउँपालिका-६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई पुरस्कार प्रदान गरे ।

पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रूपैयाँ र प्रमाणपत्र रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *