जुवाखालबाट वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ – Nepal Press

जुवाखालबाट वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जाजरकोट सदरमुकामनजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए ।

ती प्रहरी अधिकृतअनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । जुवा खेलमा मोबाइल बैकिङको प्रयोग गरेका कारणले थप रकम बरामद नभएको प्रहरीले बतायो । जुवाखालबाट नियन्त्रणमा लिइएका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

– न्यूज कारखानाबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर