लमजुङ पुगेर पृथ्वीसुब्बा गुरुङलाई माधव नेपालको चेतावनी : जोरी नखोज, तह लगाइदिन्छौं – Nepal Press

लमजुङ पुगेर पृथ्वीसुब्बा गुरुङलाई माधव नेपालको चेतावनी : जोरी नखोज, तह लगाइदिन्छौं

लमजुङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई आफूहरुसँग जोरी नखोज्न चेतावनी दिएका छन् ।

गुरुङको गृहजिल्ला लम्जुङमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गुरुङप्रति संकेत गर्दै विगतमा आफूले सांसद,मन्त्री जस्ता अवसर दिएकोले उनीहरुका समेत योगदानलाई सम्झिरहेको बताए ।

नेपालले भने– आज उनीहरु जहाँसुकै लागुन्,आज उनीहरुले नराम्रो कुरा गरुन् ।केही छैन,बुद्धि नै त्यस्तो बिग्रेको भनौंला । तर हामी चेतावनीका साथ भन्न चाहान्छौं,नचाहिने गरि जोरी खोज्ने काम नगर्नुस् । कस्ता कस्तालाई तह लगाएका छौं । ज्ञानेन्द्रलाई ठेगान लगायौं ।

नेपालले विगतमा भूमिगतकालमा उनीहरुले राम्रो काम गरेको र लोकतान्त्रिक व्यवस्था आएपछि विभिन्न जिम्मेवारी दिएको भन्दै लुटेराहरुलाई नेकपा एसमा ठाउँ नरहेको बताए ।

लम्जुङमा पृथ्वीसुब्बा गुरुङसहित विगतमा आफू निकट रहेका पूर्व सांसद जमिन्द्रमान घलेसहितका जिल्ला र केन्द्रसम्मका प्रभावशाली नेताहरु एमालेमै रहेपछि नेपालले उनीहरुको बुद्धि बिग्रिएको बताए ।

नेपालले भने– यो पार्टीमा लुटेराहरुलाई ठाउँ छैन । लुटेराहरु उतै गए हुन्छ । भन्छन् एमाले,सिमाले बिमालेमा गए हुन्छ । इमान्दारलाई यो पार्टीमा स्वागत छ ।

अध्यक्ष नेपालले एमालेमा बा भन्ने बाहेक अरुको स्थान नरहेको भन्दै त्यहाँ भित्र कमरेड भन्न नपाइने र बा भनेर पूजा गर्दै खुट्टा छुनुपर्ने अवस्था रहेको बताए ।

अध्यक्ष नेपालले बृद्धभत्ताको सुरुवात आफूले गरेको भन्दै केपी ओलीलाई आफूले नै सडकमा पछारेको दावी गरे ।


प्रतिक्रिया

2 thoughts on “लमजुङ पुगेर पृथ्वीसुब्बा गुरुङलाई माधव नेपालको चेतावनी : जोरी नखोज, तह लगाइदिन्छौं

  1. हेर याे मान्छेकाे बाेली र बिचार ! यस्ताे मान्छे एमालेकाे पार्टी प्रमुख र याे देशकाे प्रधानमन्त्री भएकाे थियाे भन्दा शरम लाग्छ । सकिने बेलाकाे आक्राेस हाेला यिनकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर