‘ए’ डिभिजन लिग – आज तीन खेल, जित्नैपर्ने दबावमा मनाङ – Nepal Press

‘ए’ डिभिजन लिग – आज तीन खेल, जित्नैपर्ने दबावमा मनाङ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । दुई खेल दशरथ रंगशालामा हुनेछन्, भने एक खेल पोखरा रंगाशालामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री–स्टार क्लब र जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब भिड्दैछन् । पहिलो खेल १ बजेबाट सुरु भएको छ । दोस्रो खेल ४ः४५ बजे सुरु हुनेछ ।

पोखरा रंगशालामा २ बजे हुने खेलमा मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन् । तालिकाको दोस्रो स्थानमा रहेको मनाङलाई एएफसी कप छनोट चरणमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाव रहेको छ ।

शीर्ष स्थानमा रहेको मछिन्दले आइतबार हुने नेपाल पुलिस क्लब सँगको खेल बराबरी मात्र खेले र मनाङले आजको खेल जितेमा मनाङले एएफसी कप छनोट चरणमा स्थान बनाउने छ ।

सातौं चरणको समाप्तीमा एएफसी कप लाइसेन्स प्राप्त क्लबहरुमा जो शीर्ष स्थानमा रहन्छ त्यो क्लबले एएफसी कप छनोट चरण खेल्ने छ ।

ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, मनाङ र मछिन्द्रले एएफसी लाइसेन्स पाएका छन् ।

सातौँ चरणमा आइपुग्दा आर्मी तालीकामा चौथो स्थानमा छ र एपीएफ ११औं स्थानमा छ ।

त्यसैले गर्दा मनाङका लागि यो खेल निकैनै महत्वपूर्ण रहेको छ ।

यस्तै, संकटा ६ खेलमा १२ अंकसहित तेुस्रो स्थानमा छ भने च्यासल समान खेलबाट ४ अंकसहित रेलिगेसन जोनमा छ ।

थ्री–स्टार ७ अंकसहित आठौं स्थानमा छ । र,जावलाखेल सामान ७ अंकसहित गोल अन्तरका आधारमा नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *