घलेम्दी हाइड्रोको संचालकमा पुरानै अनुहार

२०७८ पुष १६ गते १६:२८

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा आज सकिएको छ ।
कम्पनीको संचालक समितिमा पुरानै अनुहार दोहोरिएका छन् । यसअघि संचालक रहेका नारायणबाबु अधिकारी, उत्तमप्रसाद वैद्य, प्रमोद श्रेष्ठ र टंकप्रसाद बरूवाल पुनः छानिएका हुन् ।
भर्चुअल माध्यमबाट गरिएको साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष किशोर सुवेदीले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन पेस गरे ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरू पनि पारित गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर