बालकृष्ण कार्कीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन सरकारको सिफारिस – Nepal Press

बालकृष्ण कार्कीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन सरकारको सिफारिस

काठमाडौं । सरकारले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएपछि कार्कीलाई आइतबारदेखि उक्त जिम्मेवारी दिन लागिएको हो । प्रधानसेनापति शर्मा पुस १८ देखि ३० गते सम्म घर बिदामा बस्ने भएका छन् ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *