हिमपातका कारण अवरुद्ध बाजुरा र बझाङका सडक अझै खुलेन – Nepal Press

हिमपातका कारण अवरुद्ध बाजुरा र बझाङका सडक अझै खुलेन

कैलाली । मंगलवार रातिदेखिको हिमपातका कारण अवरुद्ध भएको बझाङ र बाजुराको सडक अझै खुल्न सकेको छैन । सुदूरपश्चिम प्रदेशको उच्च हिमाली क्षेत्रमा परेको हिमपात रोकिएको भए पनि सडकमा हिउँ जमेपछि अवरुद्ध भएको सडक सुचारु हुन नसकेको हो ।

हिमपातका कारण बुधवार अवरुद्ध भएको डडेल्धुराको साउखर्क , हगुल्टे तथा बैतडीको खोड्पेको सडक सुचारु भए पनि बझाङको खोड्पे बझाङ सडक खण्ड र बाजुराको साफे मार्तडी सडक खण्ड अझै अवरुद्ध रहेको प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ।

प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार खोड्पे बझाङ सडक खण्ड स्थित झोलेको मोडमा हिउँका कारण सडक अवरुद्ध भएको हो ।

त्यस्तै साँफे–मार्तडी सडक खण्ड बडिमालिका नगरपालिका ४ मा गोल्देउवामा पनि सडक अवरुद्ध छ । ती क्षेत्रमा सडक सुचारुको प्रयास भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर