काठमाडौंमा दुईजना मृत भेटिए – Nepal Press

काठमाडौंमा दुईजना मृत भेटिए

काठमाडौं । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।

काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै आजै काठमाडौँको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

दुवै घटनामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर