काठमाडौंमा ट्याक्सी चढेर चोरी गर्ने ६ जना पक्राउ – Nepal Press

काठमाडौंमा ट्याक्सी चढेर चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं । ट्याक्सी चढेर राति विभिन्न स्थानबाट तामा चोरी गर्ने एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी सुगौली थाना छाप्राबास घर भइ टेकु बस्ने ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल, सिन्धुपाल्चोक लिसंखू गाउँपालिका- ८ घर भइ काठमाडौं टोखा बस्ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही वरहथवा नगरपालिका- ७ घर भइ टोखा बस्ने ३३ वर्षीय राम पुनित महतो, नुवाकोट लिखु गाउँपालिका-८ घर भइ गंगवु बस्ने ३६ वर्षीय राम बाघदास, सर्लाही बरहथवा नगरपालिका-७ घर भइ टोखा बस्ने ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो र सोही ठाउँका २६ वर्षीय अशोक कुमार महतो रहेको प्रहरीले जनाएको छ ।

मंसिर ११ गते राति साढे १२ देखि २ बजेसम्म चन्द्रागिरी नगरपालिका- ३ थानकोटस्थित विशाल प्लाष्टोक्याव कम्पनीको थानकोटस्थित कारखाना चोरी गर्ने टोलीलाई चोरी गरिएका सामाग्री बिक्री गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको ६ थान साइजर र तामाको पावर केबल तारसमेत गरी १८ लाख ७६ हजार ४ सय मुल्यको समान कवाड पसल सञ्चालक सत्रुघन प्रसाद जैसवाललाई बिक्री गरेका थिए । प्रहरीले चोरीका सामान खरिद गर्ने जैसवाल समेतलाई
काठमाडौं महानगरपालिका- १० बुद्धनगरबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।

उनीहरुले रातको समयमा टोलीनै भएर ट्याक्सी प्रयोग गरी लामो समयदेखि चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *