जनआन्दोलनमा ढालिएको वीरेन्द्रको सालिका फेरि ठडाइयो – Nepal Press

जनआन्दोलनमा ढालिएको वीरेन्द्रको सालिका फेरि ठडाइयो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ स्थित वीरेन्द्रनगर चोकमा राजा वीरेन्द्रको सालिक राखिएको छ । ६२/६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीले सालिक भत्काएका थिए । अहिले नयाँ बनाएर पुन: ठडाइएको हो ।

स्वतन्त्र सुर्खेतबासी जनताको नामबाट सालिक राखिएको हो । योगी बलभद्रनाथको प्रमुख आतिथ्यतामा उक्त सालिक पुन: ठडाइएको हो । सालिक राखिएको ठाउँ वीरेन्द्रनगरको ‘मुटु’ मानिन्छ । राजनीति दलले हिन्दू धर्मको चीर हरण गरेको टिप्पणी गर्दै योगी बलभद्रनाथले देशमा सयौं छोटे राजा बनाएको आरोप लगाए ।

‘देशमा राजा चाहिन्छ राजतन्त्र चाहिन्छ र यो चोकको नाम वीरेन्द्र भनेर हुँदैन सालिक पनि चाहिन्छ भनेर हामँ सालिक राखेका हौं । इतिहास मेटाइनु हुन्न’, उनले भने ।


प्रतिक्रिया

One thought on “जनआन्दोलनमा ढालिएको वीरेन्द्रको सालिका फेरि ठडाइयो

  1. सहि काम , जय देश जय नरेश जय हिन्दु राष्ट्र नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर