कटुवा पेस्तोलसहित १ जना सुनसरीबाट पक्राउ – Nepal Press

कटुवा पेस्तोलसहित १ जना सुनसरीबाट पक्राउ

सुनसरी । सुनसरीको दुहवी नगरपालिका(३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ईटहरी उप(महानगरपालिका-१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् ।

शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी-३ बाट शाहलाई पक्राउ गरेको हो ।

शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *