कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु – Nepal Press

कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु

रुपन्देही । कपिलवस्तुको बाणगंगामा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बाणगंगा नगरपालिका बुंचीमा भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते छन् ।

बा ६ च ११६४ नम्बरको कार सुरुमा ट्रकसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भइ यात्रुबससँग ठोक्किन पुगेको थियो । कारमा सवार जितपुर ४ नम्वरमा रहेको साईन रेसुंगा डेभलपमेन्ट बैंकको साखा प्रबन्धक अनुराग पाण्डेको मृत्यु भएको हो । उनी बाणगंगा नगरपालिका पिपराका स्थायी बासिन्दा हुन् ।

दुर्घटनामा परि गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएको केहिवेरमा चिकित्सकले मृत घोषणा गरेका थिए।

कारमा सवारमा अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ । उनीहरुको उपचार बुटवलमा भइरहेको छ । दुर्घटनामा बसमा सवार ३ जना सामान्य घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर