लेस्टरसँग हार्याे लिभरपुल


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर पराजित भएकाे छ । लिभरपुललाई लेस्टरले किङ पावर रंगशालामा १-० गाेलअन्तरले पराजित गरेकाे हाे ।
जारी लिगमा लिभरपुलकाे याे दाेस्राे हार हाे । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानको गोलबाट सिटीले अग्रता बनाएको थियो ।
बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ ।
पराजित लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ ।
अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले १–१ गोलको बराबरी खेले ।