शाखा अधिकृतको बिज्ञापन प्रक्रिया पुष १८ सम्म यथास्थानमा राख्न उच्च अदालतको आदेश – Nepal Press

शाखा अधिकृतको बिज्ञापन प्रक्रिया पुष १८ सम्म यथास्थानमा राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापनको प्रक्रिया पुष १८ गतेसम्म यथास्थानमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
लोकसेवा आयोगले २०७६ सालमा गरेको बिज्ञापन बमोजिम सबै चरणका परिक्षा दिई अन्तिम शिफारिशको पर्खाइमा रहेका ६ जना रिट निबेदकले दायर गरेको मुद्दामा न्यायाधीश रामबहादुर थापाको एकल इजलासले लोक सेवा आयोगलाई यस्तो आदेश दिएको हो ।

लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर रिट निवेदकले अदालतमा निवेदन दिएका थिए । आयोग र मन्त्रालयलाई पुष १८ गते छलफलमा बोलाउदैँ शाखा अधिकृतको बिज्ञापनको प्रक्रिया पौष १८ गतेसम्म यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधबप्रसाद रेग्मीको भुमिकामाथी असन्तुष्ट परिक्षार्थीले सर्वोच्च अदालतको आदेशपछि सिफारिस गर्ने गरि भए पनि अन्तिम योग्यताक्रम भने पनि प्रकाशन गरि पाउ भनी मुद्दा दायर गरेका थिए । एउटा परिक्षाको नतिजा प्रकाशित नहुदै बारम्बार एउटै पदमा आवेदन गर्न नसक्ने निबेदकको जिकिर थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *