हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने निर्णय दुर्भाग्यपूर्ण : कमल थापा – Nepal Press

हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने निर्णय दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले हेटौंडा- काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

बागमती प्रदेश सरकारले बजेट अभाव भएको भन्दै योजना स्थगित गरेपछि थापाले आपत्तिजनाएका हुन् । प्रदेशको राजधानी हेटौडा भएपनि शिक्षा, स्वास्थ्य लगायतका आवश्यक सुविधाका लागि काठमाडौं आउनुपर्ने बाध्यता भएपनि विकास निर्माणको काम रोक्नु अदेकलाग्दो अवस्था नभएको उनले बताए ।

उनले ट्वीटरमा भनेका छन् — बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएता पनि राजधानीको निम्ति आवश्यक शिक्षा, स्वास्थ्य, यातायात, शहरी विकास लगायतका पुर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो छ । संघीय राजधानी काठमाडौं जोडने सुरुङमार्ग निर्माण स्थगितगर्ने वर्तमान प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण छ। यसतर्फ सम्बद्ध सबै पक्षको ध्यान जाओस् ।

बागमती प्रदेशमा मुख्यमन्त्री बनेपछि राजेन्द्र पान्डेले प्रदेश सरकारसँग बजेट नभएको भन्दै हेटौंडा–काठमाडौं सुरुङमार्ग स्थगित गरेका थिए ।

डोरमणि पौडेल मुख्यमन्त्री भएका बेला प्रदेश सो सुरुङमार्गका लागि ५० करोड बजेट समेत छुटाएको थियो । उनले केन्द्र सरकारको सहयोगमा सो सुरुङमार्ग सम्पन्न गर्ने योजना बनाएका थिए ।

बागमती प्रदेशमा नेकपा एमालेको सरकार हटेपछि सुरुङमार्ग निर्माणबाट प्रदेश सरकार पछाडि हटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *