ओलीलाई ‘एमसीसीको मतियार’ भन्दै साध्यवहादुर भण्डारी नेकपा एससँग एकताको तयारीमा – Nepal Press

ओलीलाई ‘एमसीसीको मतियार’ भन्दै साध्यवहादुर भण्डारी नेकपा एससँग एकताको तयारीमा

काठमाडौं । राष्ट्रवादी धारका पुराना कम्युनिष्ट नेता साध्यबहादुर भण्डारी नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘अमेरिकी साम्रान्यवादको दलाल’ ठहर गर्दै उनले नेकपा एस रोजेका हुन् ।

जनमोर्चा पृष्ठभूमिका भण्डारी पछिल्लोपटक एमालेमा थिए । तर, एमसीसीको विरुद्धमा एमालेले स्पष्ट अडान नलिएकोमा उनी सन्तुष्ट भएनन् ।

एमालेमा विभाजन आएसँगै अध्यक्ष ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै उनी पार्टीबाट बाहिरिए । तर, नेकपा एसमा पनि नगई तटस्थ बसिरहेका थिए ।

अहिले माधव नेपालले एमसीसी जस्ताको तस्तै पारित हुनु नहुने अडान लिएको भन्दै भण्डारीले नेकपा एस रोजेको उनीनिकट स्रोतले बतायो ।

भण्डारीले नेतृत्व गरेको राष्ट्रिय जागरण परिषद नामक संगठन पनि नेकपा एसमा मिलाउने भएका छन् । स्रोतका अनुसार आगामी १६ गते पार्टी एकता कार्यक्रम राखिएको छ ।


प्रतिक्रिया

One thought on “ओलीलाई ‘एमसीसीको मतियार’ भन्दै साध्यवहादुर भण्डारी नेकपा एससँग एकताको तयारीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर